अवैध घरेलु मदिरा एवं कच्चा पदार्थ नष्ट

 अवैध घरेलु मदिरा एवं कच्चा पदार्थ नष्ट

वालिङ, २५ भदौ ।

वडा प्रहरी कार्यालय वालिङले ठूलो परिमाणमा अवैध घरेलु मदिरा तथा मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ नष्ट गरेको छ । प्रहरीले वालिङ नगरपालिका अन्तर्गतका रामबाच्छा, मिर्दी, वालिङ, भुम्रे र भकुण्डे बजारबाट तयारी तथा कच्चा पदार्थ गरी छ हजार २५० लिटर बरामद गरी नष्ट गरेको वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक निरञ्जन घिमिरेले बताउनुभयो ।

मंगलबारमात्रै मदिरा बनाउनका लागि प्रयोग गरिने कच्चा पदार्थ चार हजार ४०० लिटर र तयारी अवस्थामा रहेको अवैध घरेलु मदिरा एकहजार ८५० लिटर नियन्त्रणमा लिई जनप्रतिनिधि एवं पत्रकारहरुको रोहबरमा नष्ट गरिएको हो । प्रहरीले ठूलो परिमाणमा अवैध मदिरासँगै मदिरा बनाउनका लागि प्रयोग गरिने पाँच सेट भाँडावर्तनहरु, चुल्हो, भुसे चुल्होहरु नियन्त्रणमा लिएको प्रहरी निरीक्षक घिमिरेले बताउनुभयो ।

“वडा प्रहरी कार्यालयले आफ्नो कार्यक्षेत्र भित्र अवैध घरेलु मदिरा उत्पादन तथा बेचविखनलाई नियन्त्रण गर्ने उद्धेश्यले अभियान चलाएको हो” प्रहरी निरीक्षक घिमिरेले भन्नुभयो, “यो अभियानलाई निरन्तरता दिंदै जाने र आगामी दिनमा पनि अवैध घरेलु मदिरा उत्पादन तथा विक्री वितरणलाई निरुत्साहित गर्न कडाईकासाथ कदम चाल्दै जानेछौं ।”

admin

0 Reviews

Write a Review

Leave a Reply

Your email address will not be published. Required fields are marked *