गरिमाद्वारा वालिङ साना शहरी खानेपानीलाई फिल्टर सहयोग

 गरिमाद्वारा वालिङ साना शहरी खानेपानीलाई फिल्टर सहयोग

 

आँधीखोला खबर

वालिङ, २७ भदौ ।

वालिङ १० फूलबारीमा रहेको खानेपानी ट्याङ्की

मा हालै जडान गरिएको फिल्टरको उद्घाटन गर्दैै नगर प्रमुख दिलिपप्रताप खांँणले बैं

कले पानी शुद्धीकरणका लागि फिल्टर सहयोग गरी वालिङबासी उपभोक्ताहरुलाई स्वच्छ र सफा पानी उपभोग गर्ने कार्यका लागि महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत वालिङ साना शहरी खानेपानीलाईब्यवस्थित गर्नका लागि खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा थप ब्यवस्थित गर्दै लगिने बताउनुभयो ।स्याङ्जाको वालिङ बाट स्थापना भएको गरिमा विकास बैंक लिमिटेडले वालिङ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई फिल्टर सहयोग गरेको छ । गरिमा विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत पाँच लाख आर्थिक सहयोग गरेको र सोही रकमले खानेपानी फिल्टर खरिद गरी शुक्रबार उद्घाटन गरिएको हो ।कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रकान्त बराल, बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द ढकाल लगायतले बोल्नुभएको थियो । वालिङ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष विद्या श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत कोषाध्यक्ष चोपनारायण श्रेष्ठ, सञ्चालन सचिव खगेन्द्रप्रसाद अर्याल र धन्यवाद पूर्व मेयर तथा मदीखोला खानेपानी योजनाका संस्थापक अध्यक्ष लालचन्द्र गैह्रेले गर्नुभएको थियो 

admin

0 Reviews

Write a Review

Leave a Reply

Your email address will not be published. Required fields are marked *