वालिङ नगरपालिकाले विविध कार्यक्रमसहित संविधान दिवस मनाउने

 वालिङ नगरपालिकाले विविध कार्यक्रमसहित संविधान दिवस मनाउने

सत्यवाणी खबर

वालिङ, ३१ भदौ ।

वालिङ नगरपालिकाले विविध कार्यक्रमसहित संविधान दिवस मनाउने भएको छ । असोज २, ३ र ४ गते गरी तीन दिनसम्म विविध कार्यक्रमसहित भब्यताकासाथ संविधान दिवस मनाउनकालागि नगर प्रमुख दिलीपप्रताप खाँणको अध्यक्षतामा ५०१ सदस्यीय मूल समारोह समिति समेत गठन गरिएको छ

संङविधान दिवसलाई थप ब्यवस्थित बनाउन विभिन्न उपसमितिहरु पनि गठन गरिएको प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुबेदीले बताउनुभयो । मूल समारोह समितिको निर्णय अनुसार असोज २ गते बिहान रोटरी क्लब वालिङको संयोजनमा ग्रहौं घ्याङलिङ प्राथमिक स्वास्थ्य केन्द्र र वालिङ हस्पिटलमा रहेका विरामीहरुलाई फलफूल वितरण, सोही दिन नगरस्थित सबै विद्यालयहरुमा संविधानसम्बन्धी कविता, वक्तृत्वकला, हाजिरीजवाफ सञ्चालन गर्ने, वडा नं. ९ का अध्यक्ष बसन्तकुमार श्रेष्ठ, वालिङ टेलिभिजन र प्याब्सनको संयोजनमा क्याप, टिशर्ट तथा झण्डा निर्माण गरी वितरण गर्ने निर्णय भएको छ ।

त्यस्तै असोज ३ गते बिहान वालिङ उद्योग वाणिज्य संघ तथा राष्ट्रिय दलित समाजको संयोजनमा नगरपालिका कार्यालयबाट विभिन्न समुदायका झाँकी, बाजागाजासहित प्रभातफेरी तथा अन्तरक्रिया, साँझ ५ बजे वालिङ जेसीजको संयोजनमा वालिङ मोडमा दीप प्रज्वलन गर्ने र पदम गुरुङको संयोजनमा वालिङ मोडमा देशभक्तिपूर्ण कन्सर्ट गर्ने कार्यक्रम तय भएका छन् ।

त्यस्तै असोज ४ गते सरसफाई समितिको संयोजक यु्गमाया पंगेनीको संयोजनमा सरसफाई अभियान सञ्चालन गरिने भएको छ ।

संविधान दिवसका अवसरमा असोज २ देखि ४ गतेसम्म बस्तु तथा सेवाको बिक्रीमा छुट दिने, घर घरमा नेपालको राष्ट्रिय झण्डा राख्ने तथा दीपावली गर्ने, रेडियो तथा टेलिभिजनमा संविधानसम्बन्धी परिसंवाद सञ्चालन गर्ने निर्णय भएको हुँदा सबै पक्षबाट सहयोग गर्न पनि नगरपालिकाले अनुरोध गरेको छ ।  

admin

0 Reviews

Write a Review

Leave a Reply

Your email address will not be published. Required fields are marked *