लायन्स क्लब को पहल मा बालबालिका को निशुल्क आखा परिक्षण

 लायन्स क्लब को पहल मा बालबालिका को निशुल्क आखा परिक्षण

सत्यवाणी खबर

लायन्स क्लब अफ वालिङ सिटि, लियो क्लब अफ वालिङ , लायन्स क्लब आफ पोखरा सेन्ट्रल जोनको संयुक्त आयोजना र हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा पूर्णामृत भवानी मावि मा अाँखा परिक्षण शिविर सञ्चालन गरिएको छ।

कार्यक्रमको उद्दघाटन गर्दै वालिङ नगरपालिकाका प्रमुख दिलिपप्रताप खांणले आँखा नै जीवन र ज्योती भएकोले यसको सुरक्षाको लागि विशेष ख्याल गर्नु पर्ने बताउनु भयो ।
लायन्स क्लव अफ वालिङ सिटिले आफ्नो स्थापना काल देखि आँखाको मोतियाविन्दुको समस्यालाई समाधान गर्न लागि परेको स्मरण गर्दै प्रमुख खाँणले थप्नुभयो,“मोतियाविन्दुको समस्या समाधान पछि बालबालिकाको आँखा तर्फ ध्यान दिनु सह्रानिय कार्य होे ।”

कार्यक्रममा लायन्स क्लब अफ ईन्टरनेश्नल डिस्ट्रिक ३२५ बि. वान पुर्व डिस्ट्रिक सेक्रेटरी एवं साईट फर किड्स एवं पढाऔँ अभियानका डिर्पाटमेन्ट चिफ चण्डीप्रसाद अर्यालले १५ बर्ष मुनिका बालबालिकाहरुको आँखाको सुरक्षाको लागि कार्यक्रम अगाडि सारिएको बताउनु भयो ।

सो अवसरमा बोल्दै लायन्स क्लब अफ वालिङका पुर्व अध्यक्ष कविता गैह्रेले हरेक महिना क्लवले सामाजिक कार्य गर्दै आएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“क्लव मार्फत हामी निरन्तर सामाजिक कार्यमा लागिरहेका छौं, जसको समाजमा राम्रो प्रभाव पनि परेको छ ।”
शिविरबाट विद्यालयका ४ सय ६७ जना बालबालिकाहरुका आँखा परिक्षण गरिएकोमा १८ जना विद्यार्थीहरुको आँखामा विशेष उपचार गर्नु पर्ने समस्या देखिएको लायन्स क्लव अफ वालिङ सिटिका अध्यक्ष देवेन्द्र प्रसाद भट्टराईले जानकारी दिनुभयो ।
अध्यक्ष भट्टराईले जिल्ला मै पहिलो पटक लायन्स क्लवले बालबालिकाहरुको सामुहिक निशुल्क आँखाको परिक्षण गरेकोे बताउनु भयोे । उहाँले वालिङका सवै विद्यालयहरुमा निशुल्क आँखा परिक्षण गरिने जनाउनु भयो।

लायन्स क्लब अफ ईन्टरनेश्नल डिस्ट्रिक ३२५ बि. वान पुर्व डिस्ट्रिक सेक्रेटरी एवं साईट फर किड्स एवं पढाऔँ अभियानका डिर्पाटमेन्ट चिफ चण्डीप्रसाद अर्यालबाट लायन्स क्लब अफ वालिङ र लियो क्लबका पदाधिकारी तथा सदस्यहरुलाई लायन्सको विषयमा प्रशिक्षण प्रदान गरिएको थियो ।
अर्यालले पुर्णामृतमा आफ्नो क्लबको तर्फबाट विद्यालयको नीति सिद्धान्तका अनुसार १ लाखको अक्षयकोषको स्थापना गर्ने घोषणा गर्नुभएको छ ।

कार्यक्रममा लायन ध्वजाको अभिवादन सदस्य पुष्पा अर्याल, स्वागत पूर्णामृत भवानी माविका प्रधानाध्यापक परशुराम लम्साल, सञ्चालन सचिव दिपक लम्साल र धन्यवाद विद्यालयका सहायक प्रधानाध्यापक यमकान्त खनालले गर्नुभएको थियो भने लायन्स क्लब अफ वालिङ सिटिका अध्यक्ष देवेन्द्र भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो

admin

0 Reviews

Write a Review

Leave a Reply

Your email address will not be published. Required fields are marked *