कर्मचारी मिलन केन्द्रद्वारा शुभकामना आदान प्रदान कार्यक्रम

 कर्मचारी मिलन केन्द्रद्वारा शुभकामना आदान प्रदान कार्यक्रम

तोलाकान्त बगाले /वालिङ

कर्मचारी मिलन केन्द्र वालिङले शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । नेपालीहरुको महान चाड बिजया दशमी, शुभ दीपावली, छठ, ल्होसार, ईद, नेपाल सम्बतको अवसर पारेर शुभकामना आदान प्रदान गरेको हो ।

शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणले असत्यमाथि सत्यको बिजयकारुपमा मनाईने चाडले हरेक नेपालीमा उत्साह, उमङ्ग ल्याउन सकोस् भन्ने शुभकामना ब्यक्त गर्नुभयो ।

“सकारात्मक सोंचको विकास गरी आपसी सद्भाव, मेलमिलाप र एकताको सन्देश साटासाट गर्दै अगाडि बढ्ने शक्ति दुर्गामाताबाट प्राप्त हुन सकोस्” नगर प्रमुख खाँणको भनाई थियो ।

कार्यक्रममा उपपप्रमुख कल्पना तिवारीले उत्साह, उमङ्ग र हौसलाकोरुपमा मनाईने सांस्कृतिक पर्व बडादशैंले अनेकतामा एकता ल्याउन सकोस् भन्ने शुभकामना ब्यक्त गर्नुभयो ।

शुभकामना आदान प्रदान कार्यक्रममा कर्मचारी मिलन केन्द्रका अध्यक्ष एवं वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुबेदीले कर्मचारी मिलन केन्द्रलाई थप सक्रिय बनाउँदै आगामी दिनमा रचनात्मक कार्यक्रमहरु सञ्चालन गर्ने गरी योजना अगाडि सारेको बताउनुभयो ।

कार्यक्रममा कर्मचारी मिलन केन्द्रमा प्रवेश गर्नुहुने कर्मचारीहरुलाई स्वागतसमेत गरिएको थियो ।

कर्मचारी मिलन केन्द्र वालिङका अध्यक्ष एवं वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुबेदीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव हरिप्रसाद डुम्रेले गर्नुभएको थियो ।

admin

0 Reviews

Write a Review

Leave a Reply

Your email address will not be published. Required fields are marked *