दोस्रो पित्लेक कृषि पर्यटन तथा दशैं मेला सफलतापुर्वक सम्पन्न ।

 दोस्रो पित्लेक कृषि पर्यटन तथा दशैं मेला   सफलतापुर्वक सम्पन्न ।

तिलक गुरुङ/वालिङ :
“कृषि र पर्यटन हाम्रो पहिचान” भन्ने मुल नाराका साथ नवसिर्जना युवाक्लबको आयोजना र पित्लेक देउराली होमस्टे तथा तमुकालिका अामा समूह को सक्रियतामा संचालन गरिएको दोस्रो पित्लेक कृषि पर्यपटन तथा दशैं मेला २०७६ सफलतापुर्वक सम्पन्न भएको छ ।
मंगलबार देखि शुरु भएको मेलाको १९ गते समापन गर्दै
डिभिजन बन कार्यलय स्याङजाका प्रमुख कोमल राज काफ्ले ले यस क्षेत्रमा रहेको व्यावसायिक कृषि र होम स्टे को प्रशङ्सा गर्दै होम स्टे भन्नू गाउँ फर्क अभियान भएको उल्लेख गर्नुभयो । “अहिलेको समयमा देशमा रोजगारको अवसर सिर्जना गर्न नसकेका कारण ठूलो संख्यामा युवा शक्ति विदेश पलाएन हुन बाध्य भएका छन ।” काफ्लेले भन्नुभयो । उहाले युवालाई स्वदेशमै रोक्ने अभियान चलाउन ग्रामिण पर्यटनको विकास गर्नुपर्नेमा जोडदिनु भयो ।

व्यवसायिक कृषि र होम स्टेको प्रवर्धन र लोपउन्मुख रुपमा रहेको कला सस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ आयोजना गरिएको मेला कार्यक्रममा ४ लाख ४५ हजार आम्दानी गरि खर्च गरि ३ लाख १० हजार खर्च गर्ने र १ लाख ३५ हजार बचत गर्ने लक्ष्य लिएको अायोजकले जनाएको छ । कार्यक्रम बाट बचेको रकम सामाजिक हितमा खर्च गर्ने तथा अाय व्याय पार्दर्शी रुपमा केहीदिनमै सार्वजनिक गरिने अायोजकले जनायको छ ।
मेलाको मुख्य आकर्षणको रुपमा रहेकोसाविक वडा स्तरिय भलिबल प्रतियोगिताको उपाधी वालिङ युथ क्लवले हात पारेको छ भने नव एकता आदर्श क्लव जर्कोटले दित्तिय र आयोजक ए ले तृत्तिय स्थानप्राप्त गरेका छन । त्यस्तै एकल नृत्य प्रतियोगितामा वालिङ ४ तिनघरेका बिनिसा गुरुङले प्रथम , दित्तिय समीक्षा सारु तल्लो वालिङ तृत्तिय सचिना गुरुङ वालिङ भएका छन । यस्तै रस्सा कसि प्रतियोगितामा वालिङ युथ क्लव बिजयी भएका छन । घैटो फोर प्रतियोगितामा पित्लेकका दुर्गा बहादुर गुरुङले सफलता प्राप्त गरेका छन । म्युजिकल चियर प्रतियोगितामा प्रथम स्थान चापाकोट ४ लग्दाका सुबिना गुरुङले र दोस्रो स्थान पाडेथोकका लिल माया गुरुङ प्राप्त गरेका छन । छेलो प्रतियोगिता मा विशाल थापा वालिङ ले प्रथम र दित्तिय स्थानवालिङ ५ जरकोटका जिवन थापाले हात पारेका छन ।
ख्यातिप्राप्त राष्ट्रिय कलाकारको बेजोड प्रस्तुति को साथमा स्थानीय कलाकार को प्रस्तुति र पुराना सस्कृति झल्कने कला प्रस्तुत गरेर दर्शकलाई भरपुर मनोरञ्जन दिईएको थियो ।


क्लवका अध्यक्ष जीवनकाजी गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम कोषाध्यक्ष पंकज गुरुङको स्वागत तथा दिपक गुरुङ र तिलक गुरुङलेसञ्चालन गर्नु भएको थियो ।
व्यवसायिक कृषि र होम स्टेको प्रवर्धन र लोपउन्मुख रुपमा रहेको कला सस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ आयोजना गरिएको मेला मा ४ लाख ४५ हजार आम्दानी गरि ३ लाख १० हजार खर्च गर्ने र १ लाख ३५ हजार बचत गर्ने लक्ष्य लिएको अायोजकले जनाएको छ । कार्यक्रम बाट बचेको रकम सामाजिक हितमा खर्च गर्ने तथा अाय व्याय पार्दर्शी रुपमा केहीदिनमै सार्वजनिक गरिने अायोजकले जनायको छ ।

admin

0 Reviews

Write a Review

Leave a Reply

Your email address will not be published. Required fields are marked *