स्याङ्जाली स्रष्टा द्वय सम्मानित

 स्याङ्जाली स्रष्टा द्वय सम्मानित

तोलाकान्त बगाले
वालिङ

भेषजराज साहित्य प्रतिष्ठानले स्याङ्जाली दुई स्रष्टालाई शनिबार सम्मान गरेको छ । नेपाली साहित्यका क्षेत्रमा लामो समयदेखि योगदान दिएका साहित्यकारद्वय मित्रलाल पंज्ञानी र चिन्तु गिरीलाई नगद, दोसल्ला तथा सम्मानपत्रद्वारा सम्मान गरेको हो ।

‘संस्कृति, भाषा, कला र साहित्यको संवद्र्धन भेषजराज साहित्य प्रतिष्ठानको अभियान’ भन्ने नाराका साथ २०६३ सालमा स्थापना भएको प्रतिष्ठानले यसअघि चार जना स्रष्टालाई सम्मान गरिसकेको र यसवर्ष दुई स्रष्टालाई छनौट गरी सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष यमकान्त खनालले बताउनुभयो ।

“साहित्यका क्षेत्रमा नवप्रतिभाहरुलाई उर्जा दिने र पुराना स्रष्टाहरुलाई सम्मान गर्दै नेपाली साहित्यको क्षेत्रलाई अझै फराकिलो बनाउँदै लैजाने हाम्रो अभियान हो” अध्यक्ष खनालले भन्नुभयो, “यसैक्रमलाई निरन्तरता दिंदै नियमितरुपमा रचना वाचनका कार्यक्रमहरुलाई अगाडि बढाएका छौं भने नेपाली साहित्यका क्षेत्रमा लामो समयदेखि तथा कृतिका हिसावले महत्वपूर्ण योगदान दिंदै आउनुभएका साहित्यकारहरुलाई संस्थाले सम्मान गर्दै आएको छ ।”

प्रतिष्ठानले नेपाली साहित्यका क्षेत्रमा लामो समयदेखि योगदान दिनुभएका चापाकोट १० किसानका मित्रलाल पंज्ञानीलाई ‘भेषजबिन्दु साहित्यिक पुरस्कार–२०७६’ बाट सम्मान गरिएको प्रतिष्ठानका सचिव श्यामप्रसाद ढुंगानाले बताउनुभयो ।

नेपाली साहित्यको प्रगतिवादी धारामा विशेषतः छन्दोबद्ध काब्य कविता तथा निवन्ध र आख्यान विधामा कलम चलाउने साहित्यकार पंज्ञानीका सामन्त परिचय (२०३७), उम्रन्छन आँसुका बृक्ष (२०४६), सृष्टिकर्ता (२०५४), पृथ्वी कस्को ? (२०६५) जस्ता कविता सङ्ग्रह प्रकाशित छन् ।

त्यस्तैगरी गतिमान गण्डकी (२०५०), त्यो नायक (२०७०) खण्डकाब्यहरु प्रकाशित छन् भने बलेको आगो (२०६६) निबन्ध सङ्ग्रह, टाकुरामा जाऔं (२०६०), डाकीदेउन आमा (२०६५), आज मैंले के सिकेँ (२०६६), म बालक (२०६७), ढाडे बिरालो (२०६८) बाल कविता सङ्ग्रह, सपनामा उडेको (२०६१), पिङ खेल्दा (२०६५), बाच्छी करायो (२०६६) जस्ता बालकाब्यहरु प्रकाशित छन् ।
बाल उपन्यास तथा समीक्षाका क्षेत्रमा सशक्तरुपमा कलम चलाउनुभएका साहित्यकार पंज्ञानीलाई दोसल्ला, सम्मानपत्र तथा नगद रु आठ हजार ५०० द्वारा सम्मान गरिएको हो ।

प्रतिष्ठानले ‘भेषजराज साहित्य सम्मान–२०७६’ बाट पुतलीबजार १४ लामागे निवासी साहित्यकार चिन्तु गिरीलाई सम्मान गरेको हो । सम्मानित गिरीका मेरो धर्ती (२०५०), विरामी वर्तमान (२०५९), गोलैचीका फूलहरु (२०६१), छन्दका पत्करहरु (२०६६) कविता सङ्ग्रहहरु तथा पछुतो कथा सङ्ग्रह (२०६९) प्रकाशित छन् ।

विशेष गरी गद्यपद्य विधामा लामो समयदेखि कलम चलाई नेपाली भाषा र साहित्यको क्षेत्रमा योगदान दिनुभएका गिरीले रजस्थल साहित्यिक पत्रिका तथा अन्य पत्र पत्रिकाहरुको सम्पादन समेत गर्दै आएका प्रतिष्ठानका सचिव ढुंगानाले बताउनुभयो । साहित्यकार गिरीलाई सम्मान पत्र तथा दोसल्लाले सम्मान गरिएको हो ।

admin

1 Reviews

Howcreerm
1

Sans Ordonnance Amoxicillin Pharmacie En Ligne En Germany https://cheapcialisll.com/ - generic cialis tadalafil levitra foro <a href=https://cheapcialisll.com/#>Cheap Cialis</a> Viagra Joke

Write a Review

Leave a Reply

Your email address will not be published. Required fields are marked *