बेमौसमी मकै बालीमा देखिएको फौजी किरा नियन्त्रणमा आयो

 बेमौसमी मकै बालीमा देखिएको फौजी किरा नियन्त्रणमा आयो

तोलाकान्त बगाले
वालिङ

स्याङ्जाको गल्याङ नगरपालिकाका विभिन्न भेगमा लगाईएको बेमौसमी मकैबालीमा देखिएको अमेरिकी फौजी किरा नियन्त्रणमा आएको छ । किसानले लगाएका बेमौसमी मकैबालीको खेतमै पुगेर अमेरिकी फौजी किराको पहिचान गरेसँगै नगरपालिकाको कृषि प्राविधिकको समूहले फौजी किराको प्रकोपलाई नियन्त्रणमा लिएको कृषि शाखा प्रमुख शिब ढकालले बताउनुभयो ।

“यहाँका मकैका बोट कलिलै अवस्थामा रहेको र समयमै प्रकोपकोबारेमा पहिचान भएकाले पनि अमेरिकी फौजी किरा नियन्त्रणमा लिन सहज भएको हो” शाखा प्रमुख ढकालले भन्नुभयो, “हामीले अहिले किटनाशक विषादी छर्कने तथा लार्भाहरु टिपी फालेर नियन्त्रणमा लिएका हौं ।”

“आगामी वर्ष एगकज ७ एगििपद्धतिबाट मकैलाई रोग लाग्न नदिने ब्यवस्था मिलाउने तयारी गरेका छौं” शाखा प्रमुख ढकालले भन्नुभयो, “यो पद्धति अनुसार नेपियर र डेस्मोडियम घाँस प्रयोग गरी किरा नियन्त्रणमा लिईन्छ ।” मकैको बीचमा डेस्मोडियम घाँस र वरपर नेपियर घाँस लगाउने गरिन्छ जसमा डेस्मोडियम घाँसको गन्धले किरा मकैबाट पर भागेर नेपियर घाँसमा अण्डा पार्छ जसले गर्दा मकैमा किराको प्रकोप कम भएर जाने दाबी शाखा प्रमुख ढकालको छ । आँफूहरुले लगाएको बमौसमी मकैबालीमा अमेरिकी फौजी किराको प्रकोपबाट चिन्तित बनेका किसान किरा नियन्त्रणमा आएपछि भने हर्षित देखिन्छन् ।

admin

0 Reviews

Write a Review

Leave a Reply

Your email address will not be published. Required fields are marked *