पाल्पाका एक युवाद्वारा बहराईनमा आत्महत्या

वालिङ, २४ कार्तिक
पाल्पाका एक युवाले बहराईनमा आत्महत्या गरेका छन् । पाल्पाको पूर्वखोला गाउँपालिका ३ का ३६ वर्षीय विमल पंगेनीले गत आईतबार आफ्नै कोल्डस्टोरमा झुण्डिएर आत्महत्या गरेका हुन् ।
बहराईनको एक कम्पनीमा काम गर्दै आएका पंगेनीले कम्पनीले दबाब दिएको भन्दै आफ्नै मोबाईलमा भिडियो बनाएर छोडेको उनका आफन्तले बताएका छन् ।
परिवारसहित १५ वर्षदेखि बहराईनमा बस्दै आएका पंगेनी कार्तिक १५ गते हराएको र १७ गते झुण्डिएको अवस्थामा भेटिएको परिवारजनले बताएका छन् । शवलाई नेपाल ल्याईपु¥याउन अझै केही दिन लाग्ने बताईएको छ ।

admin

0 Reviews

Write a Review

Leave a Reply

Your email address will not be published. Required fields are marked *