खेल क्षेत्रको विकासका लागि पूर्वाधार निर्माण गर्छौं : नगर प्रमुख खाँण

 खेल क्षेत्रको विकासका लागि पूर्वाधार निर्माण गर्छौं  : नगर प्रमुख खाँण

 

तोलाकान्त बगाले
वालिङ, २५ कार्तिक ।

वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणले खेल क्षेत्रको विकासका लागि नगरपालिकाले पूर्वाधार निर्माणमा जोड दिने बताउनुभएको छ । नवोदय युवाक्लब वालिङ ११ प्रितिपले हरिबोधनी एकादशीको अवसर पारेर आयोजना गरेको पुरुष भलिबल प्रतियोगिताको सोमबार उद्घाटन गर्नुहुँदै नगर प्रमुख खाँणले खेल क्षेत्रका लागि आवश्यक पर्ने पूर्वाधारहरुको निर्माण तथा सहायक खेलकुदका सामग्रीहरु वितरण गर्ने बताउनुभएको हो ।

“खेल क्षेत्रको विकासका लागि नगरपालिका प्रतिबद्ध छ” नगर प्रमुख खाँणले भन्नुभयो, “नगरभित्रका क्लबहरुले खेलकुदका गतिविधिलाई निरन्तररुपमा सञ्चालन गर्दै जानुहोस् साथै हिसाव किताबलाई पारदर्शी बनाउनुहोस् नगरपालिकाले सहयोग गर्दै जानेछ ।”

 

कार्यक्रममा वडा नं. ११ का वडा अध्यक्ष बसन्तकुमार मल्लले वडाबासीका मागहरुलाई क्रमश सम्बोधन गर्दै जाने बताउँदै विकास निर्माणमा सबैको सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस नगर सचिव भुपराज बगाले, नेकपा पार्टी प्रतिनिधि यामलाल शर्मा पंगेनी लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । समाजसेवी हरिलाल विकको स्वागतसँगै शुरु भएको उद्घाटन समारोह क्बलका अध्यक्ष नेत्रबहादुर विकको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन क्लबका सल्लाहकार डण्डपानी पंगेनीले गर्नुभएको थियो ।

 

admin

1 Reviews

1

Write a Review

Leave a Reply

Your email address will not be published. Required fields are marked *