मेलाको सातौ दिन १५ गते रुपक डोटेल र पशुपति शर्मा

सत्यवाणी खबर
वालिङ,
‘पहिला देश अनि मात्र विदेश’ भन्ने मुलमन्त्रसहित पर्यटन प्रवर्द्धन गर्ने उद्धेश्यले वण्डरफूल वालिङ पर्यटन विकास संस्थाद्वारा आयोजित ‘प्रथम वालिङ सांस्कृतिक तथा आन्तरिक पर्यटन रमाईलो मेला २०७६’ मा माघ १५ गते बुधबार आधुनिक गायक रुपक डोटेल र लोक दोहोरी गायक पशुपति शर्माको प्रस्तुति रहने रमाईलो मेलाका कलाकार ब्यवस्थापन समितिका संयोजक मणिप्रसाद अर्यालले जानकारी दिनुभयो ।


“मेलाको सातौ दिनको मुख्य आकर्षणकोरुपमा युवाहरुको आकर्षणको रुपमा बहुचर्चित ख्यातिप्राप्त गायक रुपक डोटेल र लोकदोहोरी क्षेत्रमा अब्बल गायक पशुपति शर्माको बेजोड प्रस्तुतिबाट दर्शक हरुलाई भरपुर मनोरञ्जन हुने आयोजकले विस्वास लिएको छ । युवा देखि बृद्द सम्म सवैको मनजित्न सफल गाएकहरु छुट्टै आकर्षण भएकोले सबैलाई उपस्थितिको लागि आयोजक समितिले अनुरोध गरेको छ ।
१५ गते बुधबार लोक संगितको क्षेत्रमा ख्यातिकमाएका रुपक डोटेल र पशुपति शर्मा सहित चोलेन्द्र पौडेल , स्थानीय गाएक सुमित्रा काफ्ले , गोविन्द चापागाई र स्थानिय मारुनीहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

admin

0 Reviews

Write a Review

Leave a Reply

Your email address will not be published. Required fields are marked *