वालिङ नगरपालिका फाईनलमा प्रवेश

तोलाकान्त बगाले
वालिङ, १७ माघ ।

स्याङ्जाको वालिङ नगरपालिका रौतहटमा जारी ‘चन्द्रपुर उपमेयर कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिता २०७६’ को फाईनलमा प्रवेश गरेको छ । रौतहट जिल्ला फुटबल संघको आयोजनामा रौतहटको चन्द्रपुर नगरपालिकामा जारी प्रतियोगितामा उदयपुरको चौदण्डीगढी नगरपालिकालाई २–० गोल अन्तरले पराजित गर्दै वालिङ फाईनलमा प्रवेश गरेको प्रशिक्षक दिलीप थापाले बताउनुभयो ।
चन्द्रपुर नगरपालिका–६ स्थित शेरबहादुर दर्लामी स्मृति हातेमालो खेल मैदानमा बिहीबार भएको सेमिफाईनल खेलमा वालिङको जितका लागि दुबै गोल अमिशा कार्कीले गर्नुभएको हो ।
वालिङ नगरपालिकाले शनिबार आयोजक चन्द्रपुर नगरपालिकासँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने प्रशिक्षक थापाले बताउनुभयो । चन्द्रपुरले मोरङको बिराटनगर महानगरपालिकालाई २–० गोल अन्तरले पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो । प्रतियोगितामा प्रथम, द्वितीय हुने नगरपालिकाले क्रमशः तीन लाख र एक लाख पचास हजार प्राप्त गर्नेछन् भने सेमिफाईनलमा प्रवेश गर्ने दुई नगरपालिकाले ५०÷५० हजार नगद प्राप्त गर्नेछन् ।

admin

0 Reviews

Write a Review

Leave a Reply

Your email address will not be published. Required fields are marked *