जबरजस्ती करणी गर्न खोज्ने पक्राउ

वालिङ, ४ चैत ।
चौध वर्षीया बालिकालाई जबरजस्ती करणी गर्न खोज्ने एक पुरुष पक्राउ परेका छन् । चौध वर्षीया बालिकाको संवेदनशील अंगहरु समाई जबरजस्ती करणी प्रयास गरेकाले कानून बमोजिम कारवाही गरी पाउँ भनी उजुरी दिएसँगै स्याङ्जाको भीरकोट ८ बस्ने ४२ वर्षीय डिलबहादुर गोदार पक्राउ परेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक एवं प्रहरी प्रवक्ता नवीनकृष्ण भण्डारीले बताउनुभयो ।
गत सोमबार दिउसो १ः३० बजेको समयमा बालिकामाथि जबरजस्ती करणीको प्रयास गरेको उजुरी वडा प्रहरी कार्यालय वालिङमा प्राप्त भएसँगै तत्कालै प्रहरी अधिकृतको टोलीले घटनास्थलबाट गोदारलाई पक्राउ गरेको हो । “गोदारलाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान कार्य सकेका छौं” प्रहरी प्रवक्ता भण्डारीले भन्नुभयो, “निज प्रतिवादीलाई स्याङ्जा जिल्ला अदालतबाट हिरासतमा राख्ने म्याद थपको अनुमति लिई थप अनुसन्धान कार्य जारी रहेको छ ।”

admin

1 Reviews

Howcreerm
1

Priligy Modo De Usar https://cialibuy.com/ - where to buy cialis online forum Doxycycline Isotret <a href=https://cialibuy.com/#>buy cialis with paypal</a> Stendra 50mg

Write a Review

Leave a Reply

Your email address will not be published. Required fields are marked *