विश्व महामारी कोरोना भाइरसबाट सबैलाई उन्मुक्ती मिलोस् – कांग्रेस नेता श्रेष्ठ

 विश्व महामारी कोरोना भाइरसबाट  सबैलाई उन्मुक्ती मिलोस् – कांग्रेस  नेता श्रेष्ठ

रामप्रसाद लामिछाने
नेपाली कांग्रेस संगठन बिभाग प्रमुख तथा नेपाल सरकारका पुर्व उपप्रधान मन्त्री गोपालमान श्रेष्ठले देश तथा बिदेशमा रहनुहुने सम्पुर्ण नेपाली दिदिबहिनी, दाजुभाईहरुमा २०७७ साल को शुभकामना ब्यक्त गर्नुभएको छ ।

देश तथा बिदेशमा रहनुहुने सम्पुर्ण नेपाली दिदिबहिनी, दाजुभाईहरुमा सुख, शान्ती, समृद्दी, सु-स्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै विश्व महामारी कोरोना भाइरसबाट सबैलाई उन्मुक्ती मिलोस् भनी भगवान समक्ष प्राथना गर्नुभएको छ ।
वहाले सबैलाई धैर्यताका साथ सावधानि अपनाएर कोरोना भाइरसको सामना गर्न अनुरोध गर्नुभएको छ ।

यस् संकटको घडीमा मुलुक भित्र र बिदेशमा रहनुभएका नेपालीहरु अहिलेको बिध्यमान स्थानमा नै सुरक्षित तबरबाट रहनका लागि र संक्रमणलाई फैलिन नदिनका लागि सामाजिक दुरी कायम गरेर घरभित्र बसिदिनुहुन सम्पूर्ण आदरणिय दिदिबहिनी तथा दाजुभाइहरुलाई नेता श्रेष्ठले आग्रह गर्नुभएको छ।
“मानवीय धर्म र आफनो दायित्वलाई बिर्सेर नेपाल सरकार गृह मन्त्रालय र सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरु कुनै पनि नागरिकहरुलाई विभेद गर्ने काम नर्गन र नगराउनका लागि म सचेत गराउन चाहन्छु,” नेता श्रेष्ठले भन्नुभएको छ ।

admin

0 Reviews

Write a Review

Leave a Reply

Your email address will not be published. Required fields are marked *