वालिङमा १७१ यूनिट रगत संकलन

 वालिङमा १७१ यूनिट रगत संकलन

तोलाकान्त बगाले

वालिङ, १७ वैशाख ।

वालिङमा आज एकसय ७१ यूनिट रगत संकलन भएको छ । लकडाउनका बेला रगत अभाव हुन नदिनका लागि वालिङस्थित रेडक्रस सोसाईटीका उपशाखा तथा विभिन्न संघ संस्थाहरुको संयुक्त पहलमा आयोजना गरिएको रक्तदान शिविरमा एकसय ७१ यूनिट रगत संकलन भएको हो ।

रक्तदान शिविरमा एकसय ५१ पुरुष र २० महिला गरी कूल एकसय ७१ जनाबाट एकसय ७१ यूनिट रगत संकलन गरिएको हो ।

लकडाउनका समयमा अत्यावश्यकीय रगतको अभाव हुन नदिई यसको सही ब्यवस्थापनका लागि रक्तदान शिविर सञ्चालन गरेकोमा आयोजकहरुलाई नगर प्रमुख दिलिपप्रताप खाँणले धन्यवाद ज्ञापन गर्नुभयो ।

लकडाउनका कारण रक्तदान हुन नसकिरहेको अवस्थामा रगतको अभाव भएर कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले सामाजिक दूरी कायम राख्दै रक्तदान गर्न नगर प्रमुख खाँणले सुझाव दिनुभएको थियो ।

विगतका समयहरुमा वालिङमा विभिन्न संघ संस्थाहरुद्वारा रक्तदान शिविर सञ्चालन हुँदा भन्दा यसपटक धेरै यूनिट रगत संकलन भएको शिविर संयोजक रेडक्रस सोसाईटी पेखु बाघखोर शाखाका सभापति विष्णुप्रताप खाँणले बताउनुभयो ।

रक्तदान शिविरमा नेपाल रेडक्रस सोसाईटी, कास्की क्षेत्रीय रक्त सञ्चार सेवा, पोखराका प्राविधिकहरुले ब्यक्तिगत सुरक्षा सामग्री (पिपिई) लगाएर रगत संकलन गरेका थिए ।

रक्तदान स्थलमा सामाजिक दूरी कायम गर्नेसहितका अन्य सुरक्षाका उपायहरु अपनाएर रगत संकलन गरिएको रक्त सञ्चार सेवा पोखराका प्राविधिक महेन्द्र केसीले बताउनुभयो ।

रगत लिने र दिने दुबै जनाको स्वास्थ्यका विषयमा विशेष सुरक्षा सतर्कता अपनाईएको थियो

admin

1 Reviews

SamuelPer
1

https://bjdkgfsfhidhgvudbfjeguehfwhsfug.com Mkfdkfjwsldjeifgheifnkehgjr vndkfhsjfodkfc;sjgjdgokrpgkrp bndljgoedghoekfpegorig fihfowhfiehfoejogtjrir Yndkfvhdjkfhke nkfnslkfn klfnklf Oljgvkdfkndjvbgdjffsjdnkjdhf Nkfhofjeojfoegoero ogeoegfeougeihigoohge igjeigheiogheiogheih giehdgoiehifoehgioheighe hfioeehfieohgeiodgnei hioehgioehfdkhgioehgi eodghioedhgieghiehgeuo Nihdigheifjojfieui iihfishfiwsfhiwhfowhfh hfsdfhkdcndjkfhe klchsiofhwifhdvjdnj hkfhsfhifheuhguegheflkhe Yfhsfheifhei hfhdfiehfiejfk fjeogjeogj ojgoedjodjvsclksfhszghLhekjb; ;dh jdjvndkjdfjsofjsofjosjfi fojsjdoskfsjfodgjdsghoi sdjfpfgspegjsodjvdhvgisd Mfjefjojgidhvshg ihidhgiodhgirhgir hioihgdioghrigrigh ihgiogherihgirodvdks jsdjfsopejfovgjdksjosj joesjfoesjfsj;ifsjg Ndjsfhjifekfhekdghior highdiofhidogheioghei gijhgoiehgiehgieh jfiheigheihgioe

Write a Review

Leave a Reply

Your email address will not be published. Required fields are marked *