लायन्स क्लब अफ वालिङ सिटीको अध्यक्षमा भुषाल

 लायन्स क्लब अफ वालिङ सिटीको अध्यक्षमा  भुषाल

सत्यवाणी खबर
लायन्स क्लब अफ वालिङ सिटीको अधिबेशनले लायन बर्ष २०२०/२१ को अध्यक्षको लागि कबिता भुषाललाई चयन गरेको छ । अधिबेशबाट वालिङ उद्योग वाणिज्य संघ महिला उद्धमी विकास समितीको अध्यक्ष तथा विभिन्न सामाजिक संघ सस्थाको नेतृत्व गर्दै आउनुभएको महिला नेतृ भुषाल सर्वसहमत अध्यक्ष निर्वाचित हुनुभएको हो ।

अधिबेशनले प्रथम उपाध्यक्षमा चुत्रकुमारी थापा , द्वित्तिय उपाध्यक्षमा विजय कोईराला , तृतिय उपाध्यक्षमा दिपक लम्साल , सचिवमा हरिप्रसाद डुम्रे ,सहसचिवमा स्वा श्रेष्ठ , कोषाध्यक्षमा पार्वति पंगेनी, सहकोषाध्यक्ष गोविन्द तिवारीलाई चयन गरेको छ ।
त्यस्तै LCIF कोअर्डिनेटर लायन शिव पराजुली , PRO ईन्द्र भुषाल र रिपोर्टिंङ अफिसरमा लायन मेघराज गैह्रे चयन हुनुभएको छ ।
कार्यक्रममा लायन्स क्लब अफ वालिङ सिटीका जेष्ठ सदस्य कर्ण बहादुर श्रेष्ठ , वालिङ ८ का वडा अध्यक्ष कमल सुवेदी,लायन्स क्लब का पुर्व अध्यक्षहरु सिताराम अधिकारी , कविता तिवारी, बिष्णु गैह्रे , ३२५ B1 चाईल्ड एभ्युज अवार्नेश चिफ चेतनारायण श्रेष्ठ , ग्रिनहोम अध्यक्ष सजना कोईराला ,लियोक्लब का अध्यक्ष दिक्षान्त प्रताप खाण लगायत ले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
लायन्स क्लब अफ वालिङ सिटीका बर्ष २०१९/२० का अध्यक्ष देवेन्द्र प्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत कविता भुषालले गर्नुभएको थियो भने सञ्चालन दिपक लम्सालले गर्नुभएको थियो ।

admin

0 Reviews

Write a Review

Leave a Reply

Your email address will not be published. Required fields are marked *