वालिङमा बिरोध प्रदर्शन , भारतले अतिक्रमण गर्दा सरकार सुतिरहेको छ – ध्रुब पंगेनी

 वालिङमा  बिरोध प्रदर्शन ,  भारतले अतिक्रमण गर्दा सरकार सुतिरहेको छ – ध्रुब पंगेनी

सत्यवाणी खबर
नेपाल तरुण दल वालिङ नगर समिति र नेपाल विद्यार्थी संघ द्वारा वालिङ मा बिरोध प्रदर्शन गरेको छ ।
नेपाली कांग्रेस पार्टी कार्यालय बाट शुरु भएर वालिङ मोड मा कोणसभा गरि नेपाल र भारत सिमा क्षेत्रमा रहेको कालापानी लिपुलेक र लिम्पियाधुरामा भारतले अतिक्रमण गरेको बिरोधमा तथा सरकार का मन्त्रीको गैरजिम्मेवार अभिब्यक्तिको बिरोधमा प्रदर्शन गरेको हो ।


कार्यक्रममा बोल्दै नेविसंघ जिल्ला कोषाध्यक्ष ध्रुव पंगेनी ले सरकार सुतिरहेको ले बिउझाउन युवा विद्यार्थी सडकमा आउनु परेको बताउनुभयो । उहाले भारत सरकारका मन्त्रीले सडक उद्घाटन गर्दा नेपाल सरकारका भुमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्याल कुरा फेर्दै बोलीरहनुले सरकार प्रति शंका उत्पन्न भएको जिकिर गर्दै स्याङ्जा बाट निर्वाचित मन्त्री पद्मा अर्यालको राजिनामाको माग गर्नुभएको छ ।


तरुण दल नगर अध्यक्ष आशिष प्रताप खाँणले भारतीय अतिक्रमण तुरुन्तै रोकेर नेपालको नक्सा मा लिपुलेक , कालापानि र लिम्पियाधुरा सहितको नक्सा सार्वजनिक गर्न सरकार सग माग गर्नुभएको छ । उहाले नेपाली भुमि रक्षाको लागि तरुणहरु लड्न तयार रहेको बताउनुभएको थियो ।
तरुण दल वालिङ नगर सचिव भुपराज काफ्लेले सञ्चालन गरेको कार्यक्रम आशिष् प्रताप खाण को अध्यक्षतामा सम्पन्न भएको थियो

admin

0 Reviews

Write a Review

Leave a Reply

Your email address will not be published. Required fields are marked *