मनकारी कर्मचारी – दश हजार ५० सहयोग हस्तान्तरण

 मनकारी कर्मचारी – दश हजार ५० सहयोग हस्तान्तरण

सत्यवाणी खबर

वालिङ, ३१ वैशाख ।

वालिङ नगरपालिकामा कार्यरत एक कर्मचारीले राहत कोषमा सहयोग प्रदान गर्नुभएको छ ।

वालिङ नगरपालिकाले स्थापना गरेको ‘वालिङ नगरपालिका कोभिड १९ राहत कोष’ मा आईटी ईञ्जिनियर प्रकाश अर्यालले नगर प्रमुख दिलीपप्रताप खाँणलाई आज दश हजार ५० रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो ।

महामारीकोरुपमा फैलिएको कोभिड १९ का कारण अहिले लकडाउनको अवस्था भएकाले मजदूरी नगरेसम्म खानबाट बञ्चित हुनेहरुलाई केही छाक भएपनि भोजनको ब्यवस्था गर्न सहयोग पुगोस् भन्ने हेतुले नगरपालिकाको कोषमा उक्त रकम जम्मा गरेको ईञ्जिनियर अर्यालले बताउनुभयो ।

ईञ्जिनियर अर्यालले यसअघि वालिङ नगरपालिकामा कार्यरत ९१ जना कर्मचारीहरुबाट सामूहिकरुपमा रकम हस्तान्तरणका क्रममा ६ हजार सहयोग गर्नुभएको थियो ।

कोरोना विरुद्धको अभियानमा एकजुट भएर अगाडि बढीरहेको अवस्थामा कर्मचारी अर्यालले गर्नुभएको सहयोगको प्रशंसा गर्दै प्राप्त सहयोगको सही सदुपयोग गर्ने नगर प्रमुख खाँणले बताउनुभयो

admin

Overview

4 Reviews

5
Hari aryal
5
5

Write a Review

Leave a Reply

Your email address will not be published. Required fields are marked *