अर्जुनचौपारी गाउँपालिकाका को अबस्थाको बारेमा अध्यक्ष दिर्घनारायण अर्याल द्वारा जानकारी ।

 अर्जुनचौपारी गाउँपालिकाका को अबस्थाको बारेमा अध्यक्ष  दिर्घनारायण अर्याल द्वारा  जानकारी ।

विश्वव्यापी रूपमा फैलिएको Covid-19 कोरोना भाइरसका कारण देश लकडाउनमा रहेको अवस्थामा स्थानिय तह अन्तर्गत स्याङ्जाको अर्जुन चौपारी गाउँपालिकाको अबस्थाका बारेमा गाउपालिका अध्यक्ष दिर्घनारायण अर्याल सग गरिएको कुराकानी :-

१. लकडाउन भएको पनि यति धेरै दिन भइसक्यो ,अर्जुन चौपारी गाउँपालिका ले लक्डाउन कर्यनुन गराउन कस्तो भूमिका खेलेको छ?–विश्वव्यापी रूपमा फैलिएको Covid-19 कोरोना भाइरस नेपालमा पनि देखिएपछि बन्दबन्दी(lockdown) पूर्ण पालना गरि गाउँपालिका भित्र बन्दबन्दि(lockdown) पालना गर्न जनचेतना कार्यक्रम सञ्चालन गरी आम नागरिकमा सचेतना गराउने काम गरिएको छ ।

२.राहात वितरण काम के कस्तो तरिकाले वितरण गर्नु भएको छ?— बन्दाबन्दी को अवस्थामा निर्माण कार्यमा पनि ठूलो असर पर्न गएकाले ज्यालादारी,श्रमिकहरुको चुलो बल्न समस्या हुनेहरुलाई एकद्वार प्रणालीबाट ४६१ जनालाई राहत वितरण गरिएको छ ।

३. विकाश निर्माणका कामहरू के भइराखेका छन्?–बन्दाबन्दीले विकास निर्माणका कार्यहरू सञ्चालनमा कामदारहरु (लेबर)अभाबका कारण अस्त व्यस्थ हुन गएका छन्। उपभोक्ता समिति बाट संचालित योजनाहरूमा ठूलो असर परि रहेको छ। अबको आवश्कता भनेको पहिलो covid-19 बाट बचाउनु , दोस्रो विकास निर्माण रहन्छ।

४.यस अवधिमा भारतबाट आएका हालसम्म कति जना हुनुहुन्छ र क्वारेन्टाइन को कस्तो अवस्था छ?— यस अवधिमा भारत बाट आउनु हुने महानुभावहरुको संख्या जिल्लामा सबै भन्दा बढी यस गाउँपालिकामा रहेको छ।अहिले सम्म क्वारेन्टाइन मा रहेको संख्या १६० भन्दा बढी रहेको र आउने क्रम जारी छ। क्वारेन्टाइन केन्द्रमा राम्रो वातावरण गराइएको छ भने भारतबाट आउनु भन्दा आगाडि ६४ जना क्वारेन्टाइन केन्द्रमा र ११ जना होम क्वारेन्टाइनमा रहनु भएको थियो र अहिले पनि ११ जना स्वदेशबाट आएका क्वारेन्टाइन मा हुनुहुन्छ।

५.आहिले सम्म कति जनाको RDT र PCR test गर्नु भएको छ?–आहिले सम्म ५५ जनाको RDT परीक्षण र १२७ जनाको PCR परीक्षण गरिएको छ भने क्वारेन्टाइन मा रहने हरुको RDT र PCR परीक्षण गरिने छ।

६. कोरोना संक्रमण फैलिन नदिनका लागि कस्तो कार्य गर्नु भएको छ?–कोरोना भाइरस रोकथामका लागि सचेतना जगाउने कार्य गर्दै अर्जुन चौपारी गाउँपालिका प्रवेश गर्ने नाकाहरुमा स्वयम्सेवक परिचालन गरी आवत जावत तथा मालबाहक सवारी साधनहरु आलो पालो गराई बजारमा चाप कम भयो भने ” बाँच्न सके नाच्न पाइन्छ” भन्ने भाव सबै नागरिकमा पुर्याउने काम गरियो। कोरोना भाइरस रोगको रोकथाम भनेको सचेतना र अनुशासन भएको सबै गाउँपालिका बासी नागरिकहरूले यो कुरामा ध्यान दिनुपर्ने देखिन्छ।

७.अन्त्यमा केही भन्नुहुन्छ?–अन्त्यमा स्वदेश ,विदेश र अर्जुन चौपारी गाउँपालिका भित्र रहनु हुने आमा – बुबा, दिदी – बहिनी तथा दाजुभाइहरू कोरोना भाइरसबाट बाँच्न र बचाउन लकडाउनको पूर्ण रुपमा पालना गरि धैर्यपूर्वक सामाजिक दुरी कायम गरी, काम काज गरी आफ्नो व्यवसाय सञ्चालन गर्नु भै कोरोना भाइरस (Covid-19) बाट बच्न र बचाउन अपिल गर्दछू।

admin

0 Reviews

Write a Review

Leave a Reply

Your email address will not be published. Required fields are marked *