नेपालको समृद्धिको निम्ति योगि नरहरिनाथको बिचार आगाल्नु अहिलेको आबस्कता:कौसिक महाराज

 नेपालको समृद्धिको निम्ति योगि नरहरिनाथको बिचार आगाल्नु अहिलेको आबस्कता:कौसिक महाराज

राम्धी स्याङ्जा

स्याङ्जाको पस्चिमी भागमा पाल्पासङ सिमाना जोडिएको राम्धी धामले छुट्टै बिसेसता बोकेको छ।योगि नरहरिनाथ राम्धिमा २ पटक २०४२ र२०४८ सालमा कोतिहोम गर्नु भएको थियो।योगि नरहरिनाथसङ १८ बर्ष संगै समय बिताएका कौसिक महराज सङ गरिएको कुराकानी। १.)रास्ट्र गुरु योगि नरहरिनाथ को हुनुहुन्छ ? =सर्बप्रथम तपाईं र बिश्व हिन्दु युवा संघ लाई धन्यवाद दिन चाहन्छु ।आहिले सम्म मसङ योगि नरहरिनाथको बारेमा बुझ्न कोहि आउनु भएको थिएन ।तपाइहरु पहिलो पटक राम्धी धाम आउनु भएको छ हजुर हरुलाई स्वागत गर्दछु ।योगि नारहरीनाथ रास्ट्र गुरु हुनुहुन्छ ।उहाँको मृत्यु ९० बर्षको उमेरमा भएको हो।उहाँको महत्त्व नेपालमा मात्र नभई बिश्वभर उहाँको महत्त्व छ।उहाँ बिश्वका विभिन्न देशमा गएर धर्म ,आयुर्वेद ,शिक्षाको बारेमा ज्ञान दिनुहुन्थ्यो।उहाँ जहाँ जनुहुन्थ्यो त्यहाँ कोतिहोम गर्नुहुन्थ्यो ।विभिन्न ठाउमा गएर गुरुकुल,गोउशाला,मन्दिर ,आवास गृह निर्माण गर्नुहुन्थ्यो।उहाँ पुर्ण ज्ञानले भरिएको हुनुहुन्थ्यो ।

२.)तपाईं रास्ट्र गुरु योगि नरहरिनाथसङ कति बर्ष सङै बस्नु भयो र उहाँ बाट कस्तो प्रभाब पाउनुभयो? =गुरुसङ म करिब १८ बर्ष संगै बस्ने अबसर प्राप्त गरे।उहाँसङ भारत,नेपालका विभिन्न बसेको थिए ।उहाँसङ बस्दा हामिहरुलाई अनुशासन ,कर्म,आयुर्वेद ,सेवाको बारेमा सिकाउनुहुन्थ्यो।उहाँबाट सेवा गर्न पर्छ ,कर्म गर्नु पर्छ भन्ने कुरा मैले सिक्ने अबसर प्राप्त गरे।

३.) योगि नरहरिनाथले समाज,शिक्षा ,आयुर्वेद ,धर्म लगायतका विषयमा खेलेको भुमिकाको बारेमा खुलाइदिनुन? =योगि नरहरिनाथले समाजलाई सकारात्मक दिशातिर डोरयाउने काम गर्नु भएको छ।उहाले धेरै ठाउमा गएर गुरुकुल स्थापना गर्नु भएको थियो।राम्धिमा पनि उहाँ आएर गुरुकुल स्थापना गर्नु भएको थियो जुन केही समय मात्र चल्यो।बिगत केही बर्ष देखि पुन हामिहरुले सन्चालन गरेका छौ।उनिहरुलाई यहि बस्ने, खाने,पढ्ने बेबस्था मिलाएका छौ।बिश्व का अरु देशहरुमा गएर पनि हिन्दु बिधालय खोल्नु भएको छ।उहाले हिन्दु धर्मको बारेमा प्रबचन दिनुहुन्थ्यो।सनातन धर्मलाई अगाल्नु पर्छ भनुहुन्थ्यो।गौ हत्या बन्द गर भन्दै विभिन्न ठाउमा गएर आन्दोलन पनि गर्नुभयो।गाई र माई लाई सम्मान गर्नु पर्छ भन्नू हुन्थ्यो।आउएर्बेद बारेमा पनि उहाँ धेरै जानकार हुनुहुन्थ्यो।उहाँलाई यो जडिबुटीले यो काम गर्छ भन्ने ज्ञान उहाँ सङ थियो।नेपालले जडिबुटी पर्योग गरेर जनताहरुको आर्थिक स्थिती माथी लान सकिन्छ भन्नू हुन्थ्यो।उहाँले औषधि पनि आफै बनाउनु हुउन्थ्यो।उहाले धेरै पुस्तकहरु पनि लेख्नु भएको छ।उहाँ एक अध्ययनसिल पनि हुनुहुन्थ्यो ।

४.) योगि नरहरिनाथको राजा महेन्द्र, बिरेन्द्र र बिपि कोइरालासङ कस्तो थियो? =गुरुको राजा महेन्द्र सङ सम्बन्ध निकटतम थियो।रास्ट्र गुरुको हैसियतले राजा बिरेन्द्रले राज्यरोहन गर्दा श्रीपेच लगाइदिएर राज्य अभिषेक गर्नु भयको थियो।बिपि कोइरालासङ भने तेति धेरै राम्रो समन्ध भयको मैले पाइन

५.) राम्धिको बारेमा पनि केही कुरा बतादिनुहोसन? =राम्धिको नाम राम नदि धाम बाट राखियको हो।यहाँ पबित्र कालिगन्दकी पनि अबस्थित छ।यहाँ विभिन्न पर्व हरुमा देशका विभिन्न जिल्लाबाट भक्तजन आउनु हुन्छ ।अब हामीहरुले यस्लाई थप बिकास गर्न पर्छ भनेर लागिपरेका छौ।राम्धी धाम मा परापुर्बकालमा बनबासको क्रममा राम,सीता,लक्ष्मन आएर समय बिताएको कुरा पनि हामिले थाहा पाउन सकिन्छ । ६.)अन्त्यमा केही भन्नुहुन्छ ? म आज ज्यादै खुसी छु योगि नरहरिनाथको बारेमा तपाईहरुलाई भन्न पाउँदा।योगी नरहरिनाथले नेपालको पुरातत्व इतिहास भुगोल धर्म सस्कृतिमा ठुलो योगदान गर्नु भएको छ ।उहाले नेपालको समृद्धि मौलिकामा छ भन्ने सन्देश छोड्नु भएको छ । नेपालले त्यसलाइ अङाल्नु पर्छ ।अब योगी नरहरिनाथको पुनर्जन्म आबस्यक छ ।

admin

0 Reviews

Write a Review

Leave a Reply

Your email address will not be published. Required fields are marked *